काठमाडौं । काठमाडौंकै दोस्रो पुरानो अस्पताल हो नरदेवी आयुर्वेद चिकित्सालय । स्वास्थ्य मन्त्रालय अन्र्तरगत सञ्चालित नरदेवी अस्पताल केही वर्ष अघिसम्म निकै अव्यवस्थित रुपमा सञ्चालन भइरहेको थियो । तर, पछिल्लो समय अस्पतालको मुहार फेरिएको छ भने सेवाग्राही पनि ठूलो संख्यामा बढेका छन् । पछिल्लो केही वर्ष यता, काठमाडौंका नरदेवी आयुर्वेद चिकित्सालयको मुहार नै फेरिएको छ । […]