बुटवलमा प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन गर्ने, नेता ज्ञवाली भन्छन् : ओली गणतन्त्रवादी पनि होइनन्

नेकपा (प्रचण्ड–नेपाल) समूहले यही माघ १५ गते बुटवलमा शक्ति प्रदर्शन गर्ने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मुलुकलाई पश्चगमनतर्फ लागेको भन्दै त्यसका विरूद्ध लुम्बिनी प्रदेशको मुकाम बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो ।  कार्यक्रममा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, घनश्याम भुसाल, चक्रपाणि खनाल लगायत नेताहरू संवोधन गर्ने कार्यक्रम तय भएको पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले जानकारी दिए । सभा बुटवलको पुष्पलाल पार्कमा हुनेछन् । त्यसको लागि पार्टी ...