नीति तथा कार्यक्रम सन्तुलित तर कार्यान्वयन चुनौतिपूर्ण  : निजी क्षेत्र

जेठ १०, काठमडौं । निजी क्षेत्रले सरकारले मंगलवार आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम सन्तुलित तर कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत् सरकारको नीति तथा कार्यक्रम सन्तुलित देखिएको बताएका छन् । उनले निजी क्षेत्रलाई दिएका सुझाव बजेटमा समावेश हुने संकेत यसपटकको नीति तथा कार्यक्रमले गरेको पनि बताएका छन् ।  ‘समग्रमा नीति तथा कार्यक्रम सकारात्मक छ’, उनले भनेका छन्, ‘निजी क्षेत्रले उठाएका माग धेरै हदसम्म पूरा भएको छ ।’  नीति तथा कार्यक्रममा निजी क्षेत्रको महत्वलाई बढावा दिइएको उल्लेख गर्दै उनले पुर्वाधार र कृषिलाई दिइएको प्राथमिकताले पनि उद्यमशीलता र उद्योग क्षेत्र विस्तारका लागि सहज हुने बताएका छन् । यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने गरी आएको बताएका छन् । नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै अध्यक्ष अग्रवालले औद्योगिकरणका लागि सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको बताएका छन् ।  कृषिलाई आर्थिक वृद्धि र रोजगारीको संवाहकको रूपमा अघि बढाइने घोषणाले कृषि क्षेत्रको सुधारमा सहयोग पुग्ने भन्दै परिसंघले कृषि रवनलाई औद्योगिक उत्पादनसँग जोड्न सके ती क्षेत्रको औद्योगीकरणमा सहयोग पुग्ने बताएको छ ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नेपालको औद्योगीकरणतर्फ केन्द्रित रहेको पनि परिसंघले बताएको छ । स्वदेशी उत्पादन र उपभोग दशक कार्यक्रम परिसंघको माग अनुसार आएको उनको भनाइ छ । उद्योगमा जग्गाको हदबन्दी जस्ता कार्यक्रम पनि परिसंघले पहिल्यैदेखि उठाएको मुद्दा भएको अग्रवालको भनाइ छ ।  परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ लाई सहयोग गर्ने गरी नीति तथा कार्यक्रम आएको पनि उनले बताएका छन् ।  परिसंघले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि पूर्वाधार विकास गर्ने, प्राविधिक शिक्षाको विकास गरिने, आधारभूत औषधी स्वदेशमै उत्पादन गर्ने, सिंचाईको सुविधा विस्तार गर्ने जस्ता नीति तथा कार्यक्रमलाई सकारात्मक रुपमा लिएको बताएको छ । त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । उनले नीति तथा कार्यक्रमले उत्पादन मुलक क्षेत्र र कृषि उत्पादनलाई प्रोत्साहन गरेको बताए । उत्पादनमुलक उद्योगलाई प्रोत्साहन, व्यापार सहजीकरण, घरजग्गा कारोबार व्यवस्थापन जस्ता विषय प्रारम्भिक रुपमा सकारात्मक देखिएको उनले बताए । ‘नीति तथा कार्यक्रम सकारात्मक छ तर कार्यन्वयन चुनौतीपूर्ण छ’, मल्लले भनेका छन्, ‘यसलाई बजेटले कसरी प्रस्ष्ट्याउँछ हेर्न बाँकी छ ।’  

सम्बन्धित सामग्री

गण्डकीको विकास वहसः साधन स्रोतलाई हेरेर नीति बनाउन विज्ञको सुझाव

आगामि आर्थिक वर्ष (२०८०/८१) को बजेट र नीति तथा कार्यक्रम बनाउँदा उपलब्ध श्रोत र साधनलाई ख्याल गर्न विज्ञले सुझाएका छन्। निजी क्षेत्र, राज्य र समुदायलाई आधार बनाएर योजना बनाउन उनीहरुको सुझाव छ।...

गण्डकीको विकास वहसः साधन स्रोतलाई हेरेर नीति बनाउन विज्ञको सुझाव

आगामि आर्थिक वर्ष (२०८०/८१) को बजेट र नीति तथा कार्यक्रम बनाउँदा उपलब्ध श्रोत र साधनलाई ख्याल गर्न विज्ञले सुझाएका छन्। निजी क्षेत्र, राज्य र समुदायलाई आधार बनाएर योजना बनाउन उनीहरुको सुझाव छ।...

महानगरभित्र होमस्टे सञ्चालन गर्ने, थालनी हाँडीगाउँबाट गरिने

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र होमस्टे सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी होमस्टे सञ्चालन गर्ने बताए । ‘प्राचीन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक वर्षमा सम्पदा पुनर्उद्धार गर्दै होमस्टे […]

नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साही

सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएका नीति तथा कार्यक्रमप्रति निजी क्षेत्रको धारणा :

नीति तथा कार्यक्रम हेर्दा बजेट राम्रो आउने अपेक्षा गरेका छौँ : निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रले सरकारको नीति तथा कार्यक्रम हेर्दा आगामी बजेट राम्रो आउने अपेक्षा गरेको जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले नीति तथा कार्यक्रम हेर्दा बजेट निजी क्षेत्रमैत्री आउने अपेक्षा गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले नीति तथा कार्यक्रम हेर्दा लगानीमैत्री बजेट आउने अपेक्षा गरेको बताए ।...

निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा अघि बढाइन्छ : अर्थमन्त्री शर्मा

सरकारले आगामी आर्थिक वर्षदेखि नेपालको निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा अघि बढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेटबाट निजी क्षेत्र मैत्री नीति र कार्यक्रम निर्माण गर्दै निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनको रूपमा अघि बढाइने भएको हो ।अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा विनियोजन विधेयक पेश गर्दै निजी क्षेत्र मैत्री कानून निर्माण गर्ने जानकारी दिए । ‘निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा अघि बढाउन निजी क्षेत्र मैत्री कानून र नीति अघि बढाइने छ,’ अर्थमन्त्

कार्यान्वयनमुखी बजेटको पक्षमा निजी क्षेत्र

सरकारले चालू आर्थिक वर्षमा सुखी नेपाली समृद्ध नेपालको अभियान सुरु गरेसँगै आमसर्वसाधारणमात्र नभई निजी क्षेत्र पनि उत्तिकै उत्साहित थियो । दुईतिहाइ बहुमतको सरकार र त्यसमा पनि घोषणापत्रदेखि सरकारको पहिलो नीति तथा कार्यक्रम र बजेटले मुलुकको एकमात्र एजेन्डा नै आर्थिक समृद्धि बनाइएकाले निजी क्षेत्र उत्साहित हुनु स्वाभाविक पनि थियो ।

सकारात्मक तर बढी महत्वाकांक्षी

मुलुक पूर्ण रुपमा संघीय संरचनामा गएपछि आएको सरकारको पहिलो नीति तथा कार्यक्रम समग्रमा सकारात्मक, महत्वाकांक्षी र केही कमजोर पक्ष रहेको निजी क्षेत्र तथा अर्थविद्हरुले बताएका छन् । सकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पाँच वर्षभित्र सम्पन्न गर्ने भनी महŒवाकांक्षी र दीर्घकालीन योजना समेटिएका छन्।