सम्भावित हिंसा रोक्न आफूले देश छाडेको अफगानिस्तानका पूर्व-राष्ट्रपति घानीको भनाइ

काठमाण्डाै – अफगानिस्तानका पूर्व-राष्ट्रपति अशरफ घानीले ६० लाख मानिस बस्ने काबुलमा हिंसा नहोस् भनेर आफूले देश छाडेको बताउनुभएको छ । दुई हप्ता अघि तालिबान् लडाकु राजधानी काबुल प्रवेश गरेलगत्तै देश छाडेका पूर्व-राष्ट्रपति घानीले एउटा विज्ञप्ति निकालेर संकटमा अफगानिस्तानका नागरिकलाई छाडेर भाग्नु आफ्नो नियत नभएको तर हिंसा फैलनबाट रोक्न आफुले देश छाडेको बताउनुभएको छ । यदि सरकारले पनि लडाइँ नै चाहेको भएमा काबुलको अवस्था अझै बिग्रने भन्दै तत्कालको अवस्थालाई सुरक्षित अवतरण गराउनु आफूलाई उचित लागेको उहाँले ब...