चार करोड ठगीको आरोपमा भारतीय व्यापारी पक्राउ

कपडा कारोबारमा ठगी गरेको आरोपमा काठमाडौं बस्ने भारतीय व्यापारी राजेश सिंह पक्राउ परेका छन्। प्रहरीको

सम्बन्धित सामग्री

अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं भारतीय व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ।

अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं भारतीय व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ।

शिल्पा शेट्टीका पति राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं भारतीय व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ। बीबीसीका अनुसार लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत प्रवर्तन निदेशालय (ईडी) ले कुन्द्राको उक्त रकम बराबरको चल/अचल सम्पत्ति जफत गरेको हो। जफत गरिएको सम्पत्तिमा राज कुन्द्राको नाममा रहेको पुणेको फ्ल्याट, इक्विटी शेयर, कुन्द्राकी […]

३८ करोडले घट्यो चिया निकासी

विराटनगर। पूर्वी तराईका किसान र व्यवसायी सीटीसी चियाको निकासी घटेपछि चिन्तित छन् । गतवर्ष यस समयमा सीटीसी चियाको निकासी भइसक्नेमा यो वर्ष किसान र व्यवसायीका गोदाममा थन्किएको छ । भन्सार विभागका अनुसार पोहोरको तुलनामा यसपालि चिया निकासी घटेको छ ।  गत आर्थिक वर्ष (आव) को ५ महीनाको तुलनामा यो वर्षको सोही अवधिमा ३८ करोड ३८ लाख रुपैयाँ कमको चिया निकासी भएको छ । निकासी परिमाण २८ लाख ८३ हजार १८२ किलोले घटेको छ । चालू आवको पहिलो ५ महीनामा १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको ७१ लाख ८२ हजार ३४८ किलो चिया निकासी भएको छ ।  निकासी घटेको तथ्यांक र भारतीय व्यापारीले किन्न चासो नदेखाएपछि किसान र व्यवसायीलाई यसपालि चिया गोदाममै थन्किने हो कि भन्ने भयले सताउन थालेको छ । पछिल्ला तीन आवको तथ्यांक हेर्दा शुरू वर्षको तुलनामा दोस्रो वर्ष निकासी घटेको र तेस्रो वर्ष बढेको देखिन्छ ।  भारतीय चिया बोर्डले बेलाबेलामा अनेक बहाना निकालेर नेपाली चिया निकासीमा अवरोध गर्ने गरेको छ । नेपालबाट भारतलगायत विश्वका २२ देशमा अर्थाेडक्स र सीटीसी चिया निकासी हुन्छ । अर्थाेडक्स भारत र तेस्रो मुलुक जान्छ भने सीटीसीको प्रमुख बजार भारत नै हो । नेपाल सरकारले भारत सरकारसँग सम्झौता गरी सीटीसी चिया निकासीमा अवरोध नहुने वातावरण बनाउनुपर्ने व्यवसायी बताउँछन् । यसो नगर्दासम्म स्वदेशी चिया उत्पादक र व्यवसायी ढुक्क हुन नसक्ने उनीहरूको भनाइ छ ।  चिया उत्पादन बढी भएको र भारतले ल्याब परीक्षणलगायतमा थोपर्ने शर्तले अहिले नेपाली सीटीसी चिया भारतीय बजारमा सहजै निकासी हुन नसकेको नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले बताए । उनी भन्छन्, ‘यो वर्ष चिया निकासी घटेको छ । जुन गतिमा चिया भारतीय बजारमा जानुपर्ने हो त्यो नहुँदा किसान र व्यवसायी तयार भएको चिया गोदाममा थन्क्याउन बाध्य छन् ।’  भारतीय चिया बोर्डले बेलाबेलामा अनेक बहाना निकालेर नेपाली चिया निकासीमा अवरोध गर्ने गरेको छ ।  झापाका किसान पर्वत डाँगी अहिले घरघरमा चिया स्टक रहेको बताउँछन् । बढ्दो उत्पादन लागत र भारतीय चिया जस्तै अक्शनमा भाग लिन नपाउँदा नेपाली चिया जहिले पनि भारतीय व्यापारीको मूल्यमा बेच्नुपर्ने बाध्यता छ । किसान र व्यवसायीका अनुसार नेपाली सीटीसी चियाको उत्पादन लागत प्रतिकेजी १६५ रुपैयाँ पर्छ । भारतीय व्यापारी ८५ रुपैयाँ किलोमा माग्छन् । यसले गर्दा यसपालि चिया विक्री गर्न नसकिएको उनीहरूले बताए । झापा हल्दिबारीको पाराखोपी साना किसान चिया सहकारी संस्थामा आबद्ध डाँगी र उनको समूहको २५० बिगाहामा चिया बगान छ । उनीहरूले वार्षिक ६ लाख किलोसम्म चिया विक्री गर्छन् ।  नेपाली चिया परीक्षण गराउन कोलकाता लैजानुपर्छ । निकासीमा धेरै किसिमका झन्झट छन् । सरकारले भारत सरकारसँग चियाका सबै अवरोध हटाउने गरी सम्झौता गरे मात्र यो समस्याको दीर्घकालीन समाधान निस्कने नेपाल टी प्लान्टर एशोसिएशनका अध्यक्ष उदय चापागाईंले बताए । नेपाली सीटीसी र अर्थाेडक्स चिया भारतीय व्यापारीले किनेपछि अन्य चियामा मिसाउने गरेकाले भारतीय टी बोर्ड नेपाली चियाप्रति सकारात्मक बन्न नसकेको हो । चियाको गुणस्तरमा नेपाली किसान र व्यवसायीले ध्यान दिए चीनमा पनि निकासी गर्न सकिने उनले बताए । चापागाईंका अनुसार प्रदेश १ को २० लाख किलो सीटीसी र १० लाख किलो अर्थाेडक्स चिया मेची भन्सार नाकाबाट निकासी हुन्छ ।  भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट आव २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख र २०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँको चिया निकासी भएको छ । आव २०७९/८० मा ३ अर्ब ९३ करोड ७२ लाख ६७ हजार रुपैयाँको १ लाख ६५ हजार ९४९ मेट्रिक टन चिया निकासी भएको तथ्यांक छ ।

अदानी समूहलाई दोस्रो ठूलो झट्का, १५ दिनमा दोस्रो सम्झौता असफल

काठमाडौं । भारतीय व्यापारी गौतम अदानीको व्यापारिक समूह अदानी समूहलाई अर्को ठूलो झट्का लागेको छ । बुधवार ऊर्जा क्षेत्रको कम्पनी डीबी पावरलाई ७ हजार १७ करोड रुपैयाँमा खरिद गर्ने उसको प्रयास असफल भएको छ ।  अंग्रेजी पत्रिका टाइम्स अफ इन्डियामा प्रकाशित समाचारका अनुसार अदानी समूहको कम्पनी अदानी पावरले गत वर्ष अगस्ट १८ मा यो कम्पनी खरीदसँग सम्बन्धित कागजातमा हस्ताक्षर गरेको थियो । अदानी र डीबी पावर बीचको सम्झौता सेप्टेम्बर २९ मा भारतीय प्रतिस्पर्धा नियामकले अनुमोदन गरेको थियो र अदानी समूहले गएको वर्ष अक्टोबर ३१ सम्म पैसा तिर्नुपर्ने थियो । भुक्तानीको म्याद चार पटक थपियो । अन्तिम म्याद फेब्रुअरी १५ अर्थात् हिजोसम्म थियो । तर, बुधवार समेत सो भुक्तानी हुन नसकेपछि सम्झौता तुहिएको छ । अदानी समूहले सम्झौता पूरा नभएको जानकारी स्टक एक्सचेन्जलाई दिएको छ । डीबी पावरसँग छत्तीसगढको जांजगिर चापामा १ हजार २०० मेवाको कोइलाबाट चल्ने ऊर्जा केन्द्र थियो । डीबी पावर किन्न नपाउनु अदानी समूहका लागि ठूलो धक्का हो । कम्पनी किन्न सकेको भए भारतीय ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो निजी थर्मल पावर उत्पादकको रूपमा अदानी पावर बलियो बन्ने थियो ।  ऊर्जा क्षेत्रमा यो अदानी समूहको दोस्रो ठूलो डिल थियो । सन् २०२१ मा समूहले एसबी इनर्जी इन्डियालाई २ खर्ब ६० अर्ब भारतीय रुपयामा किनेको थियो । यसले कर्जै कर्जामा चुर्लुम्म डुबेको अदानी समूहले वित्तीय व्यवस्थापन गर्न नसकेको अवस्थामा पुगेको संकेत गरेको छ ।  अदानी पावरसँग भारतका पाँच राज्यमा कुल १३ दशमलव ६ गिगावाट क्षमताका थर्मल पावर प्लान्ट र ४० मेगावाटको सोलार प्लान्ट छन् ।  तर, यो कम्पनीको ऋण २०२२ को सेप्टेम्बर ३० सम्म ३ खर्ब ६० अर्ब ३१ करोड रुपया छ ।  अमेरिकी शर्ट सेलिङ कम्पनी हिन्डनबर्ग रिसर्चका प्रतिवेदन सार्वजनिक भएपछि अदानी समूहले असफलता हात पारेको यो दोस्रो पटक हो । यसअघि समूहले २ खर्ब रुपयाको एफपीओ फिर्ता गर्नु परेको थियो । कम्पनी विस्तारै आफ्नो बिग्रिएको आर्थिक अवस्था सम्हाल्ने प्रयासमा छ । तर, लगानीकर्तातर्फका चुनौती पनि मत्थर हुने कुनै संकेत छैन ।  ब्लुमबर्गमा छापिएको समाचार अनुसार अदानी समूहले निश्चित आयका लगानीकर्ताहरूसँग कुराकानी गर्न बैंकहरूलाई नियुक्त गरेको छ । यसमा बार्कलेज बैंक, बीएनपी परिवास एसए, डीबीएस बैंक, डच बैंक एजी, एमिरेट्स एनबीडी क्यापिटल, आईएनजी ग्रुप एनभी, एमयूएफजी, मिजुहो, एसएमबीसी निक्को र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । कुराकानीका क्रममा यी बैंकले लगानीकर्ताहरूका के-कस्ता शंका र जिज्ञासा समाधान गर्छन् भन्ने स्पष्ट भएको छैन ।  अदानी समूहमा विश्वका थोरैमा पनि २०० वित्तीय संस्थाले लगानी गरेका छन् । यस समूहसँग विश्वको सबैभन्दा ठूलो सम्पत्ति प्रबन्धक ब्ल्याक रक पनि छ । ब्ल्याकरकले डलरमा आधारित ऋणपत्रमार्फत ८ अर्ब डलर लगानी गरेको छ । एजेन्सी

अदानी समूहको ऋणमाथि हिन्डेनबर्गले ठड्यायो औंला, भारतीय बैंकहरूलाई कति जोखिम ?

काठमाडौं । अमेरिकी एक्टिभिष्ट लगानीकर्ता हिन्डेनबर्ग रिसर्चबीचले भारतीय व्यापारी गौतम अदानीलाई कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो ठग भन्दै विभिन्न आरोपहरू लगाएपछि अदानी समूहका कम्पनीहरूले गएको हप्ता अर्बौं रुपया बराबरको बजार पूँजीकरण गुमाए । हिन्डेनबर्गले अदानी समूहका केही ठूला कम्पनीहरूको ऋणमाथि औंला उठाएका थिए । सोही कारण अदानीका कम्पनीहरूमा लगानी रहेको भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्सुरेन्स कर्पोरेशन (एलआईसी)को शेयर मूल्य घट्यो । लगानीकर्ताहरू अत्तालिएर आफूसँग भएको शेयर धमाधम बेचे । कम्पनीहरूको बोक्नै नसक्ने कर्जा दलाल स्ट्रिटको लागि भने नौलो कुरा होइन । अदानी समूहमा कर्जाको स्तर निकै धेरै छ । अदानी समूहका धेरैजसो कम्पनीहरूले ऋण तिर्न प्रयोग गर्न सक्ने गरी फ्रि क्याश बनाउन नसकेको हिन्डेनबर्गको भनाई छ । समूहका ४ कम्पनीमध्ये अदानी ग्रिन इनर्जी, अदानी टोटल ग्यास, अदानी ट्रान्समिसन र अदानी इन्टरप्राइजेजको फ्रि क्याश फ्लो नकारात्मक थियो । अदानी ग्रिन र अदानी इन्टरप्राइजेजको नकारात्मक फ्रि क्याश फ्लो क्रमशः १ खर्ब ४६ अर्ब ८५ करोड भारतीय रुपया र १ खर्ब २० अर्ब ४२ करोड भारतीय रुपया छ । अदानी समूहलाई भारतीय बैंकिङ क्षेत्रले भारी कर्जा दिएका छन् । कर्जासम्बन्धी हल्लाखल्लाका कारण लगानीकर्ताहरू त्रस्त बनेपछि सीएलएसए एशियाले अदानी समूहलाई दिएको कर्जाले भारतीय बैंकिङ क्षेत्रलाई हुन सक्ने सम्भावित जोखिमको विश्लेषण गरेको थियो ।  अदानीको कूल ऋण २१ खर्ब रुपया छ । अन्तर समूह कर्जाबाहेकको कर्जा १९ खर्ब रुपया छ । शीर्ष तीन कम्पनीको ऋण मात्रै ३ खर्बदेखि ४ खर्ब रुपयाबीच छ । उक्त समूहलाई निजीको तुलनामा सरकारी क्षेत्रका बैंकले दिएको ऋण धेरै छ । निजी क्षेत्रका बैंकहरू खासै प्रभावित हुने देखिन्न । आर्थिक वर्ष (आव) २०२४ को कर्जा र नेटवर्थमा निजी क्षेत्रका बैंकहरूको एक्सपोजर क्रमशः शून्य दशमलव प्रतिशत र १ दशमलव ५ प्रतिशत रहने सीएलएसएको विश्लेषणले देखाएको छ । तर, सरकारी बैंकहरूको एक्सपोजर क्रमशः शून्य दशमलव ७ प्रतिशत र ७ प्रतिशत छ । गएको ५–६ वर्षमा समूहले कर्जालाई विविधीकृत गरेको थियो भने कर्जामा भारतीय बैंकहरूको अनुपात पनि आव २०१६ को ८६ प्रतिशतबाट घटाएर आव २०२२ मा ३३ प्रतिशतमा झारेको जेफ्रीजले बताएको छ । अदानी समूहको ऋणले भारतको बैंकिङ क्षेत्रलाई भौतिक क्षति भने नरहेको जेफ्रीज र सीएलएसएको अनुमान छ । तर, हिन्डेनबर्गको रिपोर्टले नियामक र शीर्ष बैंकलाई सर्तक बनाएको छ । एजेन्सी

खर्बपतिको सूचीमा उक्लिए मुकेश अम्बानी

असोज २४, नयाँदिल्ली (भारत) । भारतीय व्यापारी मुकेश अम्बानी विश्वका खर्बपतिहरुको सूचीमा परेका छन् ।  एशियाकै सबैभन्दा धनी व्यक्ति अम्बानी ब्लुम्बर्गको अर्बपतिहरुको सूचीमा खर्बपति क्लबमा उक्लिएका हुुन् । यो सूचीमा पर्ने व्यक्तिको नेटवर्थ कम्तिमा पनि १ खर्ब डलर छ ।  ब्लुम्बबर्ग बिलेनियर इन्डेक्स अनुसार अम्बानीको नेटवर्थ १ खर्ब ६ अर्ब डलर रहेको छ । यस वर्षको अहिलेसम्मको अवधिमा उनको सम्पत्ति २३ अर्ब ८० करोड डलरले बढिसकेको छ ।  सो सूचीमा ११ जना व्यापारी रहेका छन् । यसमा अम्बानी सबैभन्दा पुछारमा छन् । सूचीको शीर्ष स्थानमा २ खर्ब २२ अर्ब नेटवर्थसहित अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको सीईओ एलन मस्क छन् ।  दोस्रो स्थानमा १ खर्ब ९० अर्ब ८० करोड नेटवर्थ सहित जेफ बेजोस छन् । यस सूचीमा रहेका अन्य व्यक्तिहरुमा बर्नार्ड आर्नल्ट, बिल गेट्स, ल्यारी पेज, मार्क जुकरबर्ग, सेर्गे ब्रिन, स्टिभ बाल्भर र वारेन बफेट छन् । एजेन्सी

अडाणी ग्रुपलाई ठूलो धक्का, ४३,५०० करोडको सेयर फ्रिज

एजेन्सी। एसियाकै दोस्रो धनी भारतीय व्यापारी गौतम अडाणीको ‘अडाणी ग्रुप’लाई ठूलो घाटा लागेको छ। नेसनल सेक्युरिटिज डिपोजिटरी लिमिटेड(एनएसडीएल)ले तीन विदेशी फन्ड्स अबलुला इन्भेस्टमेन्ट, क्रेस्टा र एपीएमएस इन्भेस्टमेन्ट फन्डको एकाउन्ट फ्रिज गरिदिएको छ। यी फन्ड्समा अडाणी गु्रपका चार कम्पनीको ४३, ५०० करोड रुपैयाँबराबरको सेयर लगानी छ। एनएसडीएलको वेबसाइट अनुसार, यी एकाउन्टहरु मे ३१ या त्योभन्दा अघि फ्रिज गरिएको हो।

८ करोड भारतीय व्यापारी आन्दोलनमा

काठमाण्डौ – भारतका व्यापारीहरुले 'भारत बन्द'को घोषणा गरेका छन् ।८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् ।अखिल भारतीय व्यापारी सङ्घ (सीएआइका)को पहलमा भएको बन्दलाई समर्थन गर्दै अल अफ इन्डिया ट्रान्सपोर्ट वेलफेयर एशोसिएसनले बिहान ६ देखि ८ बजेसम्म चक्काजाम गरेको...