बैंकविरुद्धका गतिविधि नियन्त्रणमा प्रधानमन्त्रीको चासो

पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाप्रति नकारात्मक भावना फैलाउन कुनै समूह योजनाबद्ध रूपमै अघि बढेको र यसले वित्तीय अराजकता निम्त्याउन थालेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । यस्ता परिघटनालाई आफूले गम्भीर रूपमा लिएको र बैंक तथा वित्तीय क्षेत्रका समस्या सुल्झाउन पहल गरिरहेको उनको भनाइ छ ।