२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनले पार्टीमा देखिएको समस्या हल भएको बताएका छन् । सोमबार सकिएको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘एमसीसीलाई लिएर जो सदस्या देखा परेको छ, मिडियामा अतिरञ्जित प्रचारहरु पनि देखिएको थियो । तर हामीले धैर्यतापूर्वक, रचनात्मक ढंगले समाधान गर्यौं […]