सन् २०२३ मा साउदी अरबले १७० जनालाई दियो मृत्युदण्ड

साउदी अधिकारीहरूको घोषणामा आधारित एएफपीको तथ्यांकअनुसार साउदी अरबले सन् २०२३ मा एक सय ७० जनालाई मृत्युदण्ड दिएको छ। यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा चार जना समावेश थिए। खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल एक सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकार कार्यकर्ताहरूले साउदी अरबको आलोचना गरेका छन्। सन् २०१९ […]