निर्वाचनमा कसैले गुण्डागर्दी र धाँधली गरे प्रतिवाद गर्न कार्यकर्तालाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा गुण्डागर्दी र धाँधली नगर्ने तर कसैले गरे त्यसको प्रतिवाद गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सहयोग गर्ने दावी पनि गरे । ‘नेकपा एमाले गुण्डागर्दी र धाँधली गर्दैन । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सहयोग गर्छ । कसैले त्यस्तो काम गर्छ भने नेकपा एमाले दृढतापूर्वक उभिन्छ’, ओलीको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओ