द मस्को टाइम्स। रुसी ज्योतिषी तथा योग प्रशिक्षक येकाटेरिना कालिन्किना, ४७ लाई भगवान् शिवको नाममा धार्मिक भेला आयोजना र प्रवद्र्धन गरेको आरोपमा ५० हजार रुबल जरिवाना गरिएको छ। उनले गत मार्च महिनामा महाशिवरात्रि भेला आह्वान गरेकी थिइन्। तर उनी हिन्दु नभएको र रुसको उदमुर्तिया प्रान्तमा उनको कुनै धार्मिक संघसंस्था दर्ता नभएकोले सो कार्य गैरकानूनी जनाइएको हो।