ज्वरोका बिरामी बढेपछि लमजुङ जिल्ला अस्पतालमा छुट्टै उपचार कक्ष

लमजुङ – जिल्ला अस्पताल लमजुङमा ज्वरोका बिरामी बढेका छन् । रुघाखोकी, ज्वरो, हाइपरटेन्सन लगायत पेटसम्बन्धी स्वास्थ्य समस्यासहित अस्पताल आउनेकाे सङ्ख्या बढेकाे अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो। अहिले अस्पतालमा दैनिक दुई सय जनाकाे हाराहारीमा उपचारका लागि आउने गरेका छन् । तीमध्ये सबैभन्दा धेरै ज्वरोका बिरामी रहेका छन् । ज्वरोका बिरामी बढेसँगै अस्पतालमा भर्ना भएर बसेका ज्वरोका बिरामीलाई छुट्टै कक्षमा राखेर उपचार गरिएको उहाँले बताउनुभयो । ‘अस्पतालमा दैनिक ७० जनाकाे हारा...