उन्नत गाई आयात गर्न ढुवानी भाडा दिँदै बागमती सरकार

बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले उन्नत गाई आयात गर्न इच्छुक संस्था वा फार्मलाई ढुवानी भाडा अनुदान दिने भएको छ । सोमबार यसका लागि बोर्ड प्रस्ताव आह्वान गरेको छ । प्रदेशको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रममा उन्नत गाई आयातमा ढुवानी अनुदान कार्यक्रम राखिएको छ । जसअनुसार प्रस्ताव आह्वान गरेको हो । नश्ल सुधारका लागि विदेशबाट गाई आयात गर्नका लागि यस्तो सुविधा दिन लागेको हो । कतिसम्म पाइन्छ अनुदान ?हवाई माध्यमबाट आयात गर्दा ढुवानीबापत प्रति गाई बढीमा एक