पीडितको व्यवस्थापनमा जुट्यो सरकार : अर्थमन्त्री शर्मा

सर्लाही : नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले सरकार बाढी, पहिरो र डुबान प्रभावितको व्यवस्थापनमा जुटिसकेको बताएका छन्।नेकपा माओवादी केन्द्रका नेता शिवपुजन रायका बुवा अमिरिलाल रायको श्रद्धाञ्जलि सभामा सहभागी हुन आज (बुधवार) सर्लाहीको रामनगर गाउँपालिका–५, आएका अर्थमन्त्री शर्माले तत्काल प्रभावितको उद्धारको काम भइरहेको र यथाशीघ्र राहत प्याकेज समेत घोषणा गरिने बताए।बेमौसमी वर्षाले तराई, पहाड सबैतिर भएको जनधनको व्यापक क्षतिप्रति सरकार चिन्तित रहेको अर्थमन्त्री शर्माको भनाइ छ। मन्त्री

सम्बन्धित सामग्री

लगानीकर्ताको लगानी संरक्षणका लागि सरकार सधै गम्भीर : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर २७ । अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारका लगानीकर्ताको लगानीको संरक्षणका लागि सरकार सधैँ गम्भीर रहेको बताउनुभएको छ । शेयर बजार घटाउन/बढाउन मन्त्रीले भूमिका खेल्न नसक्ने भन्दै बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाही गरेको उल्लेख गर्नुभयो । बीमा समितिको कार्यालय भवन शिलान्यास गर्ने क्रममा उहाँले मन्त्रालयले गर्नुपर्ने कार्य गरिरहेको स्पष्ट पार्दै लगानीकर्तालाई हल्लाको पछि […]

सरकार गलत बाटो हिँडे सशक्त रुपमा कलम चलाउनुहोस् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले वर्तमान सरकार र आफूसहित अन्य मन्त्रिले गलत काम गरे त्यस विरुद्ध सशक्त कलम चालउन पत्रकारलाई आग्रह गरेका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै...

सरकार उत्पादनमूलक अर्थतन्त्र निर्माणमा लागिपरेको छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने रहेको बताएका छन् । शुक्रबार पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्न चाहेकाले त्यसका लागि अग्रसर हुने व्यवसायीलाई आवश्यक सुविधा दिने बताए । ‘उद्योगधन्दा खोल्नका लागि चाहिने सुविद्या दिन सरकार तयार छ’, उनले भने,‘भन्सार, विद्युत र कर लगायतमा सरकारले छुट दिन तयार छ ।’ अर्थमन्त्री शर्माले देशमा उत्पादित ५ सय मेघावा

गठबन्धनको सरकार ढल्दैन, पूर्ण कार्यकाल टिक्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको गठबन्धन सरकार पूर्ण कार्यकाल टिक्ने बताएका छन् । मंगलवार संखुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार निरन्तर चल्नेमा शंका नगर्न आग्रह गरे । अहिलेको सरकार जनताबाटै निर्वाचित सरकार भएकाले पूर्ण कार्यकालसम्म रहने उनको भनाइ थियो ।  नेकपा माओवादी केन्द्र संखुवासभाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन मन्त्री शर्मा मंगलवार संखुवासभा आएका हुन् । अहिलेको सरकार प्रतिगमनकारी शक्तिलाई परास्त गरेर आएको हुनाले पूर्ण ...

प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढतापूर्वक उभिन्छः अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध रहेको बताएका छन्। सोमबार नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय कार्यालयमा अर्थमन्त्री शर्मालाई स्वागत गरेको थियो। सो कार्याक्रममा बोल्दै उनले वर्तमान गठबन्धन सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने बताएका हुन्। सरकार सञ्चार क्षेत्रको पक्षमा रहेको उनले स्पष्ट पारे। नागरिक अधिकारका लागि पनि सरकार […]

सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्ध छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्ध रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रममा उनले भने, ‘वर्तमान सरकार र सत्तारुढ गठबन्धन प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा दृढतापूर्वक उभिन्छ ।’ मन्त्री शर्माले कोभिड–१९ महामारीमा मिडिया क्षेत्रले भोग्नु परेको आर्थिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोभिडका […]

निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएक छन् ।नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलमा मन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धासहित व्यवसायिक क्षमता मुल्यांकन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्र्डड बिडिङ डकुमेन्ट) मा गर्नुपर्ने संशोधनको सुझाव दिन सल्लाह दिए । केही व्यवसायीमा काम लिने तर […]

निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भेट्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धा सहित व्यवसायिक क्षमता मूल्याङ्कन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट)मा गर्नुपर्ने संशोधन बारे सरकारलाई सुझाव दिन महासंघसँग आग्रह गरे । तर, केही व्यवसायीमा काम लिने

जेठ पहिलो सातासम्ममा नयाँ जनादेशसहितको सरकार बन्छ– अर्थमन्त्री पौडेल

अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले आगामी जेठ महिनाको पहिलो सातासम्ममा नयाँ जनादेश अनुसारको सरकार बन्ने बताएका छन् ।  प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नरहेको र चुनाव अहिलेको एकमात्र राजनीतिक निकास भएको उनले बताए ।  नेकपा रूपन्देही जिल्लाका अगुवा कार्यकर्ता भेलालाई आइतवार बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले चुनाव हुन्छ कि हुँदैन भनेर अलमलमा नबस्न कार्यकर्तालाई निर्देशन समेत दिए । ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर नसोध्नुस् । कुरा बुझ्ने राजनीतिक दलहरू चुनावमा लागिसके । निर्वाचन आयोग च...