कमल पराजुलीविरुद्धको मुद्दामा सर्वोच्च पुग्यो अख्तियार

१२ चैत, काठमाडौं । तत्कालीन अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीविरुद्ध विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले पराजुलीलाई १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने तथा अन्य आरोपमा दाबी नपुग्ने फैसला गरेको थियो । यही मुद्दामा मुछिएका अन्यलाई विशेष अदालतले सफाइ दिएको थियो । […]