काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षका लागि यही साउन मसान्तभित्र वार्षिक कार्ययोजना तयार पार्ने भएको छ । शहरी योजना आयोगमार्फत चालू आवका लागि नगरसभाबाट स्वीकृत वार्षिक नीति र यसका आधारमा पारित भएको बजेट तथा कार्यक्रमलाई कार्ययोजनाको ढाँचामा विभागलाई पठाइसकेको छ ।
सबै विभागले साउन २१ गतेभित्र वार्षिक कार्ययोजना तयार पारेर फिर्ता पठाउनुपर्नेछ । जसमा मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहितका बुँदाका आधारमा निर्माण हुने कार्ययोजनामाथि विभागस्तरीय छलफल गरेपछि साउन मसान्तभित्र प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरूबीच का