सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट नायव उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव उपरीक्षकमा बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सोमबार प्रधान कार्यालयमा आयोजित समारोहका बीच दर्ज्यानी चिन्ह प्रदान गरिएकाे हाे। महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्तिविकासलाई ध्यान राख्दै संगठनले कदम चालिरहेको बताउनुहुँदै पदोन्नतिसँगै थप भएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र लगनशिल भई त्रुटिरहित ढंगबाट सम्पादन गर्न निर्देशन दिए। […]