जनकपुरधाम– मुद्दा मिलाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगि गरेको आरोपमा महोत्तरीबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ जिरोमाईलका २६ वर्षीय सुरज कुमार शर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। प्रहरीका अनुसार उनले गत असार २२ गते महोत्तरीको एकडारा गाउँपालिका वडा नं.४ चकवा चोकबाट लागुऔषधसहित पक्राउ […]