जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिरोले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, उनका २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही ६ वर्षका मिलन शाही र उनकी श्रीमती पानसरा शाहीको मृत्यु भएको छ । यस्तै २४ वर्षीया सुरेन्द्र हमालको पनि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृत्यु भएको मध्ये पाँच जना एकै घरका हुन् भने सुरेन्द्र हमाल छिमेकी हुन् । यस्तै २२ वर्षकी विद्या शाही अझै बेपत्ता रहेकी छ