यसकारण बन्द हुने बाटोमा १ सय ४१ नर्सिङ कलेज

चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार मापदण्ड नपुगेका १ सय ४१ नर्सिङ कलेज संकटमा पर्ने भएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ९०, पूर्वाञ्चल विश्वविद्यालयका ४३ र पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएका ८ निजी नर्सिङ कलेज मापदण्ड पूरा नगरे बन्द हुने भएका हुन्।ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न एक स...