आरआर क्याम्पसका प्रमुखविरुद्ध अवहेलना मुद्दा

काठमाडौं : काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस प्रमुखविरुद्ध अदालतको अवहेलना विरुद्धको मुद्दा परेको छ।उच्च अदालत पाटनले चैत १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरे पनि अहिलेसम्म निर्वाचन नगराएपछि उच्च अदालत पाटनमा अवहेलना मुद्दा दायर गरेको अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार बनेका मदन भण्डारीले बताए। मुद्दा परेपछि न्यायाधीश जनक पाण्डे र न्यायाधीश रमेश ढकालको संयुक्त इजलासले म्याद सूचना तामेल भएको