गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको कास्य पदक जितेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै गण्डकीले कास्य जित्यो । पोखरा रंगशालामा गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गोल गरे । पुरुष फुटबलको स्वर्ण पदकका लागि एपीएफ क्लब र आर्मी भिड्ने छन् ।एपीएफले सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा पुगेको थियो । त्यस्तै आर्मीले गण्डकीलाई हराउँदै फाइनल पुगेको थियो ।