बारा – बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आईओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो ।
मोतिहारीबाट पाइप लाइनमार्फत डिजल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइप लाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले जनाएको छ । मोतिहारीदेखि अमलेखगञ्ज ७६ किमीको दुरी रहेको छ । नेपा...