कर्णालीबाट प्रतिनिधि सभाका लागि १२ सिटमा ७४ जनाको प्रतिस्पर्धा

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । १० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । १२ सिटका लागि ७४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् । जसमध्ये २-२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैभन्दा बढी १७ जना उम्मेदवार बनेका छन् भने दैलेखमा १३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस्तै सल्यानमा ७, डोल्पामा ५  मुगुमा ५, जुम्ला ५, कालिकोटमा ७, जाजरकोटमा ६, रुकुम पश्चिममा ६ प्रतिनिधि सभाको ल