लुगाका कारण रिया चक्रावर्ती फेरि बनिन् ट्रोलको शिकार

एजेन्सी। हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा कुकुरहरुलाई खाना खुवाउँदै गरेको भिडियो शेयर गरेकी रिया चक्रावर्ती फेरि ट्रोलर्सको निशानामा परेकी छन्। भिडियोमा सेतो सर्ट र ग्रन्ज जिन्समा देखिएकी रियालाई ग्रन्ज जिन्स पाइन्टका कारण ट्रोल गरिएको हो। उनलाई प्रयोगकर्ताहरुले पैसा जम्मा गरेर जिन्स सिलाउन भन्दै मजाक उडाएका छन्। त्यसो त अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि रिया सामाजिक सञ्जालमा निकै कम सक्रिय रहने गर्छिन्।

सम्बन्धित सामग्री

जन्मदिनमा ट्रोलको शिकार बनिन् रिया चक्रवर्ती

एजेन्सी। बलिउड अभिनेत्री रिया चक्रवर्तीले इन्स्टाग्राममा शेयर गरेको एक भिडियोका कारण ट्रोलको शिकार बनेकी छन्। जुलाई १ अर्थात् आज रियाले आफ्नो जन्मदिनको उपलक्ष्यमा एक बिरामी बच्चाका लागि आर्थिक सहयोग मागेको भिडियो इन्स्टाग्राममा शेयर गरेपछि अरुको अगाडी राम्रो देखाउन नाटक गरेको भन्दै मजाक उडाइएको हो। त्यस्तै प्रयोगकर्ताहरुले रिया कसैको लागि सहयोग माग्न लायकको नभएको पनि बताएका छन्।