खुला किक बक्सिङ प्रतियोगितामा आर्मी च्याम्पियन

काठमाडौं। नेपाल आर्मी वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कांस्य जित्यो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण जितेको एपीएफ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको रेज फिट्नेसले १ स्वर्ण र १ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको प्रतियोगिताको पुरुषमा ...