बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आइतबार बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । “अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ”, उनले भने । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चोरी र सम्भावित अपराध तथा दुर्घटना रोक्न एकीकृत सुरक्षा योजना लागू गरिएको उल्लेख गर्दै त्यसका लागि प्रहरी परिचालन भएको बताए । उनले ‘रातभर देउसी,