कालीगण्डकी नदीमा अब कुश्माबाटै नियमित र्‍याफ्टिङ सञ्चालन हुने

कुश्मा : कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ। साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्‍याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो। बिहीवार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्‍याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि…

सम्बन्धित सामग्री

जिपलाइनमा ‘सुपरम्यान स्टाइल’ शुरू

पर्वत (अस) । पर्वतको कालीगण्डकी नदीमाथि निर्मित जिपलाइन अन्तर्गत ‘सुपरम्यान स्टाइल’ शुरू गरिएको छ । गत पुस २४ गतेदेखि जिपलाइनको औपचारिक उद्घाटन भएको भए पनि ‘सुपरम्यान’ शैलीको खेल भने शुरू गरिएको थिएन । हालै मात्र अमेरिकी प्रविधिको ‘जीपस्टक ब्रेक सिस्टम’ जडान पूरा भएपछि ‘सुपरम्यान’ शैलीमा पनि जिपलाइन शुरू गरिएको सञ्चालक राजकुमार बस्नेतले बताए । परीक्षणसहित उद्घाटनपछि ‘क्लासिक’ शैलीमा जिपलाइन हुँदै आएकोमा ब्रेक सिस्टमको जडान कार्य पूरा भएपछि दुवै शैलीमा जिपलाइन सञ्चालन भएको हो । ‘हामीले क्लासिक स्टाइलको जिपलाइन नियमित गरिरहेका थियौं । तर बीचमा केही दिन क्लासिक जिपलाइन पनि स्थगित गरेर ब्रेक जडानको काम पूरा गरेका छौं,’ उनले भने, ‘अब जिपलाइनको साहसिक खेलमा रमाउन चाहने पर्यटकले क्लासिक वा सुपरम्यान दुवै तरीकाले गर्न सक्नुहुनेछ ।’ जिपलाइनका निर्देशक सुनील बानियाँका अनुसार जिपलाइनको उद्घघाटन भएसँगै तोकिएको शुल्कमा १० प्रतिशत छूट दिइएको थियो । अहिले छूटको अवधि सकिएको छ । अब सुपरम्यानको ४५ सय, क्लासिकको ३५ सय र टान्डेम (एकैपटकमा दुईजना)को ६५ सय रुपैयाँ शुल्क तोकिएको छ । कालीगण्डकी नदीको सतहबाट २५० मिटरको उचाइबाट शुरू हुने जिपलाइनको शुरुआती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जान्छ । १४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिपलाइन अवतरण हुनेछ । पर्वत सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म १४ सय ८० मिटरको दूरीमा जिपलाइन बनेको हो । क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । यो जिपलाइनमा एकै पटकमा दुईजना सँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्र यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्न सञ्चालक नरेन्द्र खत्रीले बताए ।