आयोजनामा कतै बजेट अभाव, कतै खर्च कम

काठमाडौं । पूँजीगत बजेटको उल्लेख्य अंश पाउने विकासे अड्डा सडक विभागले चालू आर्थिक वर्ष (आव) को ९ महीना (साउन–चैत) मा जम्मा ३१ प्रतिशत पूँजीगत बजेट खर्च गरेको छ । आव सकिन २ महीना बाँकी हुँदा राष्ट्रिय गौरवका सडक र पुलको काममा विभागले ३१ प्रतिशतमात्र खर्च गरेको हो । विभागले आफू मातहत गौरवका सडकदेखि अन्य सडक र पुल गरी ५७ ओटा आयोजना तथा कार्यक्रम सञ्चालन गर्छ । तीमध्ये १ अर्बभन्दा बढी बजेटका कतिपय आयोजनाको खर्च राम्रो देखिएको छ । कतिपयको अत्यन्तै न्यून छ । यो वर्ष विभागले पूँजीगत बजेटतर्फ १ खर्ब २८ अर्ब २७ करोड रुपैयाँ पाएको छ । शुरू विनियोजन १ खर्ब २७ अर्ब रुपैयाँबाट बढाएर बजेटको आकार त्यति पुर्‍याइएको हो । विभागको तेस्रो त्रैमासिक प्रगति प्रतिवेदनअनुसार ९ महीनाको अवधिमा ३९ अर्ब ६६ करोड रुपैयाँ पूँजीगत बजेट खर्च भएको छ । विभागका निमित्त महानिर्देशक शिवप्रसाद नेपालले यो वर्ष कुल पूँजीगत बजेट खर्च ६५ प्रतिशतसम्म पुग्ने बताए । यो वर्षको शुरूदेखि नै पूँजीगत बजेट खर्च निरन्तर कम छ । प्रतिस्थापन विधेयक, विभागीय मन्त्री नियुक्तिमा ढिलाइ, ३ ओटा डिभिजन सडक कार्यालय (ललितपुर, प्युठान र खुर्कोट) खारेजीपछि ती कार्यालयअन्तर्गतका विभिन्न आयोजनाको बजेट सरेर खापिए पनि खर्चमा समस्या हुँदा पूँजीगत बजेट खर्च कम हुन पुगेको उनको भनाइ छ । उनका अनुसार सार्वजनिक खरीद नियमावलीमा पटकपटक फेरबदल, म्याद थप र केही समयदेखिको ‘कन्स्ट्रक्शन होलिडे’का कारण यो आवमा खर्चको अवस्था कमजोर हुनेछ । ‘महँगीको कारण देखाउँदै निर्माण व्यवसायीले काम सुस्त बनाएका छन्,’ उनले भने, ‘अर्कोतर्फ स्थानीय तह निर्वाचनका लागि कामदारहरू १०/१५ दिनअघि नै गाउँ फर्किंदा सिजनमै कामको गति घटेको छ ।’ यी कारणले पूँजीगत खर्च अपेक्षाअनुसार नहुने देखिएको नेपालले बताए । यो वर्ष तीनओटा सडक डिभिजन कार्यालय खारेज गरिए पनि तिनका लागि बजेट विनियोजन गरिएको थियो । तर, खारेज हुने भनेपछि कामको वातावरण नभएकाले बजेट खर्च प्रभावित भएको विभागको भनाइ छ । नेपालका अनुसार एशियाली विकास बैंक (एडीबी) र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) जस्ता दातृ निकायको सहयोगमा बन्ने केही आयोजनामा अघिल्लो वर्ष खर्च हुन नसकेको रकम चालू वर्षको बजेटमा राखिएको छ । त्यस्तो रकम विभागको कुल पूँजीगत बजेटको १५ प्रतिशत छ । उक्त बजेट पनि खर्च हुन नसक्दा विभागको कुल पूँजीगत खर्चमा कमी आएको निमित्त महानिर्देशक नेपालको भनाइ छ । यो वर्ष काम हुने मुख्य सिजनमै निर्माण व्यवसायीले ‘कन्स्ट्रक्शन होलिडे’ गरेकाले पूँजीगत खर्च झन् कम हुनेछ । त्रैमासिक प्रगति प्रतिवेदनअनुसार यो आवको ९ महीनामा ५ सय १५ किलोमीटर सडक कालोपत्र भएको छ । १ सय ५५ किलोमीटर नयाँ ट्र्याक निर्माण र २ सय ६५ किलोमीटर ग्राभेल सडक बनेको छ । सडक र रणनीतिक महŒवका गरी ८१ ओटा पुल बनेका छन् । राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी राजमार्गमा आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको छ । यसमा ७८ किलोमीटर कालोपत्र सडक र दुईओटा पुल बनेका छन् । हुलाकी राजमार्गमा पनि यो अवधिमा ४ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ । विभागका अनुसार यस अवधिमा १ सय ३ किलोमीटर कालोपत्र सडक र १२ ओटा पुल बनेका छन् । नागढुंगा सुरुङमार्गमा भने ३० करोड रुपैयाँ बजेट खर्च भएको विभागले उल्लेख गरेको छ । मदन भण्डारी राजमार्गमा चैत मसान्तसम्ममा ३ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको छ । यसमा ९ किलोमीटर कालोपत्र सडक थपिनुका साथै ४९ ओटा पुल निर्माणाधीन छन् । सडक सुधार आयोजनाका निर्देशक रोहित बिसुरालले भारतीय एक्जिम बैंकको ऋणबाट बन्ने सडक निर्माण तथा स्तरोन्नतिमा बजेट नै नआएको बताए । ‘सडक निर्माण तथा स्तरोन्नतिका लागि अर्थ मन्त्रालयमा पठाइएको फाइल चारपटकसम्म फिर्ता भएको छ,’ बिसुरालले भने, ‘बजेट माग गर्दै पुनः अर्थमा फाइल पठाउने तयारी छ ।’ ४७ करोड रुपैयाँ बजेट आवश्यक भए पनि अर्थ मन्त्रालयले बजेट नै नदिएको उनले बताए । मदन भण्डारी राजमार्ग आयोजनाका निर्देशक अशोक तिवारीको गुनासो अर्कै छ । उनी बजेट नै कम भएको र यो राजमार्ग नै सरकारको प्राथमिकतामा नपरेको बताउँछन् । विनियोजित पूँजीगत बजेटको ९१ प्रतिशत खर्च भइसकेको तर बजेट नहुँदा अन्य सडक खण्डको ठेक्का नै निकाल्न नसकिएको उनले बताए । मध्यपहाडी राजमार्ग आयोजनाका निर्देशक हरिकुमार पोखरेलले मुआब्जाका लागि बजेट अभाव र साइट क्लियर नहुँदा खर्चमा समस्या आएको बताए । आयोजनाले हालसम्म ४८ प्रतिशतमात्रै बजेट खर्च गरेको भन्दै उनले मुआब्जाका लागि १८ करोड रुपैयाँ आवश्यक भएको बताए । कम खर्च गर्नेमा नारायणघाट–बुटबल सडकका पूर्वी र पश्चिमी खण्ड पनि परेका छन् । विभागको तथ्यांकअनुसार पूर्वी खण्डमा जम्मा ७७ करोड खर्च भएको छ । पश्चिममा ४३ करोड रुपैयाँ बजेट खर्च भएको छ । कञ्चनपुर–कमला सडकमा पनि कम खर्च देखिएको छ । यो सडकको बजेट ३ अर्ब २१ करोडमध्ये १ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ ।

सम्बन्धित सामग्री

नदी कटान नियन्त्रण गर्न बजेट अभाव

गोदावरी (कैलाली), २७ फागुन । कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ का लागि कैलाली र कञ्चनपुरमा […]

निर्वाचन क्षेत्र सडकलाई बजेट अभाव

सिमकोट – हिल्सा सिमकोट सडक आयोजनाले निर्माण अगाडि बढाएको निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि बजेट अभाव देखिएको छ। निर्माण कार्यका लागि आयोजनाले टेण्डरमार्फत निर्माण कम्पनी छनोट गरेर काम सुचारु गरिसकेपछि भुक्तानीका लागि बजेट अभाव देखिएको हो। आयोजनाले जाँड खोल्सीदेखि रिपगार्डसम्मको निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि बजेट अभावले काममा बाधा पुगेको जनाएको छ। आयोजनाले २०७९ साल […]

सुन्दर सिमकोट बनाउन बजेट अभाव हुँदैनः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेश सरकार पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले हालको सदरमुकाम सिमकोटलाई व्यवस्थित र सुन्दर बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। बडादसैँैको अवसरमा सिमकोट गाउँपालिकाले आयोजना गरेको व्यवस्थित सिमकोट बनाउन सरोकारवाला पक्षसँग गरेको सुझाव संकलन कार्यक्रममा प्रदेश सभा ख नम्बर प्रदेशका सदस्यसमेत रहेका शाहीले सो कुरा बताएका हुन्। उनले उच्च क्षेत्रमा रहेको सिमकोट […]

प्रशासकीय भवन निर्माणमा बजेट अभाव

धवलागिरि गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनलाई बजेट अभाव भएको छ । गाउँपालिकाले वडा नम्बर ३ घट्टेखोलामा निर्माणाधीन भइरहेको भवनमा संघीय सरकारबाट आउनपर्ने बजेट समयमै नआएका कारण भवन निर्माण प्रभावित बन्ने जोखिम बढेको र समयमै सम्पन्न नहुने समस्या बढ्दै गएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत बजेट साझेदारीमा सुरु भएको […]

कोशी रिफ्रेसमेन्ट सेन्टरलाई बजेट अभाव, निर्माण सुस्त

२८ फागुन, विराटनगर । कोशी सरकारले निर्माण सुरु गरेको कोशी रिफ्रेसमेन्ट सेन्टरका लागि बजेट अभाव भएको छ । पूर्वपश्चिम राजमार्गको सुनसरीको कोशी गाउँपालिका खण्डमा प्रदेश सरकारले कोशी रिफ्रेसमेन्ट सेन्टरको निर्माण सुरु गरेको थियो । तर बजेट अभावमा काम निकै सुस्त छ । पूर्वपश्चिम राजमार्गमा लामा तथा छोटा दुरीका सवारी साधन रोक्न, यात्रुलाई खाना तथा खाजा […]

काम गरेपछि बजेट अभाव हुुन दिँदैनाैँः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले प्रदेश सरकारअन्तर्गत सञ्चार हुने कुनै पनि कामका लागि बजेट अभाव हुन नदिने बताएका छन्। हुुम्ला जिल्ला आइपुुगेका मुख्यमन्त्री शाहीले जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरूसँगको भटघाट कार्यक्रममा प्रदेशअन्तर्गत दश वटै जिल्लामा स्थापना भएका कार्यालयलाई काम गर्न प्रदेश सरकारबाट बजेट अभाव हुन नदिने बताए। काम मात्र छिटो–छरितो […]

खानेपानी आयोजनामा बजेट अभाव हुँदैन : वरिष्ठ नेता पौडेल

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन खानेपानी आयोजनामा बजेट अभाव नहुने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१३ स्थित छाब्दी पम्पिङ खानेपानी आयोजनाको ट्याङ्की निर्माण कार्यको आज निरीक्षण गर्दै वरिष्ठ नेता पौडेलले आयोजनामा बजेट अभाव हुन नदिने उल्लेख गरे । निर्धारित समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै पौडेलले आवश्यक परेको खण्डमा […]

मल खरिद गर्न बजेट अभाव

काठमाडौं, भदौ २९ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा कृष्ण आचार्यले रासायनिक मल खरिदका लागि बजेट अभाव भएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सोमबार भएको छलफलमा सचिव आचार्यले किसानका लागि करिब छ लाख मेट्रिक टन मल चाहिने, त्यसका लागि अहिले दिएको रकम पर्याप्त नरहेको जानकारी गराए । सरकारले […]

बजेट अभाव हुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती

पर्याप्त बजेट अभाव हुँदा सिमसारको दिगो उपयोग, यसको प्रयोजन र व्यवस्थापन चुनौती बन्दै गएको छ। बजेटकै कारण कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता र जनावर स्थानीय जनताका लागि आयआर्जनको माध्यम भए पनि यसको उचित व्यवस्थापन गर्न नसकिएको हो।