विराटनगर : सुन्दरहरैँचा नगरपालिकामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदैछन्।सुन्दरहरैँचा–५ मा रहेको हसिना सिमसार बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तरमा पर्छ। ७५ बिघा क्षेत्रफलमा फैलिएर रहेको सिमसारमा बहुसंख्यक देवी देवताका मन्दिर, विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु र पशुपंछीको वासस्थान समेत रहेको छ।सो क्षेत्र पर्यटकीय मात्र नभएर वनभोज, अध्ययन–अनुसन्धान र अवलोकनका लागि समेत उत्तिकै उपयोगी रहेको स्थानीयहरु बताउँछन्।हसिना सिमसार क