तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्ष २०७६-०७७ का लागि संशोधित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको शुक्रबारदेखि सुरु भएको ३२ औं नगरसभामा उपप्रमुख मीरा जोशीले चालु आर्थिक वर्षका लागि एक अर्ब ४४ करोड ४४ करोड ८२ लाख ७६ हजार ७०० रुपैयाँको संशोधित आय प्रस्तुत गरिन् । ३१ औं नगरसभाबाट चालु आवका लागि एक अर्ब २३ करोड १८ लाख २५ हजार रुपैयाँको बजेट पारित भएको थियो ।