माओवादी कमजोर बन्दा प्राप्त उपलब्धि उल्टिन सक्ने खतरा छ- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी कमजोर बन्दा प्राप्त उपलब्धिहरू उल्टिन सक्ने खतरा रहेको बताएका छन् ।  पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी सुस्ताउँदा र विभाजित हुँदा प्रतिक्रियावादीले टाउको उठाउने बताएका हुन् ।  ‘संगठनमा देखा परेको निष्क्रियता, असन्तुष्टि, अराजकता र गुटबन्दीलाई अन्त्य गर्ने संकल्प गरेका थियौँ । सोहीअनुसार देशैभर सदस्यता नवीकरण र अधिवेशनहरू गर्न थालेका हौँ,’ उनले भने, ‘पार्टी क...