भन्सार छलेर भारतबाट काठमाडौं ल्याएको गुट्खा बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको कोटेश्वर र गौरीघाटस्थित गुट्खा गोदाममा छापा मारेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गोदाममा छापा मारेर भन्सार छलीको गुट्खा बरामद गरेको छ । करिब ८ लाख मूल्य बराबरको सुर्तिजन्य पान–पराग, राजनिवास, तुलसी, रजनिगन्धा र गुट्खा नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी...

सम्बन्धित सामग्री

भन्सार छलेर ल्याएको २० बोरा चिनी प्रहरी नियन्त्रणमा

काठमाडौं : भन्सार छलेर नेपाल भित्र्याएको एक टन चिनी पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएको चिनी बरामद गरेको हो।२० बोरा चिनी बरामद गरिएको पर्साका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। उक्त चिनी प्रतिबाेरा ५० केजी रहेकाे प्रहरीले जनाएकाे छ। उनका अनुसार बरामद चिनीको मूल्य १ लाख रुपैयाँ बराबर रहेको छ।बरामद गरिएको चिनी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

भन्सार छलेर ल्याएको डेढ क्विन्टल चिनी बरामद

झापा : प्रहरीले झापामा भारतबाट भन्सार छलेर भित्र्याइएको १५५ किलो (डेढ क्विन्टल) चिनी बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ८ बजे झापाको गौरीगंज गाउँपालिका वडा नं ५ जनता टोलस्थित मान्छे नबस्ने ग्वाली (गोठ)मा भारतबाट भन्सार छलेर ल्याई लुकाई राखेको अवस्थामा चिनी फेला पारेको हो।प्रहरीले अन्दाजी १ लाख ११ हजार मूल्य बराबरको ३१ बोरा चिनी बरामद गरेको हो। प्रहरीले बरामद चिनी नियन्त्रणमा लिएर

भन्सार छलेर ल्याएको एक करोड बराबरको सामान बरामद, एकजना पक्राउ

काठमाडौँ – प्रहरीले भन्सार छलेर ल्याएको एक करोड बराबरका सामान बरामद गरेको छ। प्रहरीले भारतबाट भन्सार छली ल्याएको उक्त सामान बरामद गरेको हो। सामानसँगै प्रहरीले पर्साका छविलाल अवस्थीलाई पक्राउ गरेको हो। काठमाडौँको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए। उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले […]

कैलालीमा भन्सार छलेर ल्याएको सामान बरामद

१९ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरी बलले भन्सार छलेर अटो रिक्सामा ल्याउँदै गरेको पाँच लाख ९८ हजार रूपैयाँको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका- १५ कनरीस्थित जंगल क्षेत्रबाट सो सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याएर बेवारिसे अवस्थामा […]

भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद

नवलपुर । भन्सार छली गरेर ल्याइएको करिब पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिए । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० […]

भन्सार छलेर ल्याएको ७६ लाखको औषधि बरामद

१९ भदौ, जनकपुरधाम । सिरहामा भारतबाट भन्सार छलेर ल्याएको ७६ लाख रुपैयाँ बराबरको औषधि बरामद गरेको बताएको छ । लहान नगरपालिका–१९ स्थित कटहा चोकबाट लु १ स ८००७ नम्बरको अटो रिक्सामा ल्याइँदै गर्दा औषधि बरामद भएको प्रहरीले जनाएको छ । चेकजाँच गर्ने क्रममा रिकल–के २–७ १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट ५ […]

झापाबाट भन्सार छलेर ल्याएको औषधि बरामद

झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको औषधि बरामद गरेको छ । बिहिबार करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट ल्याएको सो औषधी बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका ९ गौरीकटानस्थित सीमा इलाकाबाट करीव

भन्सार छलेर ल्याएको सुर्ती र रेडिमेट कपडा बरामद

सुर्खेत प्रहरीले  भन्सार छलेर ल्याएको सुपर पावर सुर्ती र  रेडिमेट कपडा बरामद गरेको छ । नेपालगञ्जबाट सुर्खेततर्फ ल्याइँदै गरेको सुपर पावर सुर्ती १  हजार ६७४ पिस र विभिन्न किसिमका काँचो तथा रेडिमेट कपडा गरी एक लाख ४० हजार १० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीका अनुसार नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा ५ ख ४५५८ नम्बरको फोर्स गाडीमा  चेकजाँच गर्दा उक्त सामान भेटिएको हो ।  ‘हामीले बरामद गरेको सामान आ

भन्सार छलेर ल्याएको ठूलो परिमाणको चिनी प्रहरीले गर्‍यो बरामद

भारतीय सीमा नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको ठूलो परिमाणको चिनी रूपन्देही प्रहरीले बरामद गरेको छ । प्रहरीले सुराकीका आधारमा जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ उद्योगपुरीबाट ५८ बोरा भन्सार छलेर ल्याएको चिनी बरामद गरेको हो ।  नेपाल भित्र्याइएको चिनीसहित सिद्धार्थनगर वडा नम्बर ४ का रचना स्टोरका सञ्चालक देवप्रसाद श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको गोदामबाट २ लाख ३ हजार बराबरको ५८ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानका...

भारतबाट भन्सार छलेर ल्याएका समान बरामद

काठमाडौं । भारतबाट भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनी प्रहरीले बिराटनगर महानगरपालिकाबाट बरामद गरेको छ । भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनीसहित १ लाख ६४ हजार मूल्य पर्ने सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डिएसपी) मान बहादुर राईले रातोपाटीलाई बताए ।विराटनगर महानगरपालिका–१७ स्थित दरैयाबाट सुधीरकुमार महतोले ल्याएको ४ बोरा कपडा सिमानाबाट नेपालतर्फ ल्याएर टेम्पोमा लोड गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । सो तयारी कपडाको मूल्य १ लाख ५६ हजार रहेको छ ।विराटनगर महा