महामन्त्रीका ५ उम्मेदवार : भोलिको नेतृत्वका लागि पनि प्रतिस्पर्धा

उमेरमा तलमाथि भएपनि ६ मध्ये ५ उम्मेदवार (मिनेन्द्र, प्रकाशशरण, विश्वप्रकाश, गगन र प्रदीप) को प्रतिस्पर्धा महामन्त्री पदका लागि मात्र होइन, कांग्रेसमा भोलिको नेतृत्वका लागि पनि हो । राजनीतिक विश्लेषक उद्धव प्याकरेल भन्छन्, ‘अहिलेको प्रतिस्पर्धालाई भोलिको नेतृत्वका आकांक्षीहरुको रुपमा हेर्न सकिन्छ ।’

सम्बन्धित सामग्री

व्यवसायी प्रज्ञा शर्मा नाट्टाको सचिवमा भिड्दै

जुझारु युवा पर्यटन व्यवसायी प्रज्ञा शर्मा नाट्टाको आसन्न निर्वाचनमा होमिएकी छिन् । बिहीबार राजधानीमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) को भावी नेतृत्वका लागि निर्वाचन हुँदैछ । व्यवसायी शर्माले बिनय बस्नेतको प्यानलबाट सचिव पदमा आफ्नो उम्मेदवारी दिएकी हुन् ।उम्मेदवार शर्माले विपक्षी प्यानलबाट सचिव पदमा नै उम्मेदवारी दिएकी युविका भण्डारीसँग प्रतिस्पर्धा गर्दैछिन् । भण्डारी अर्का अध्यक्षका दाबेदार रमेश थापाको प्यानलबाट चुनावी मैदान उत्रिएकी हुन् ।  पर्यटन व्यवसायी शर्मा समग्र पर्यटन

कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ । सभापतिमा ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सहमहामन्त्रीमा १९ जना उम्मेदवार मैदानमा छन् ।

नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् । नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका लागि अर्का प्रतिस्पर्धी ध्रुव थापा नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । ठूलो व्यावसायिक घरानाको प्रतिनिधित्व गर्ने चौधरीको पक्षमा ठूला व्यवसायी छन् । थापालाई साना व्यवसायीको साथ छ । अहिले दुवै समूह चुनावी माहोल आफ्नो पक्षमा पार्न देश दौडाहामा छन् । त्यसो त चौधरी र थापा दुवै सर्वसम्मतिका लागि आफूहरू तयार रहेको बताउँछन् । दुवै पक्षले चुनाव प्रचार÷प्रसारसँगै सर्वसम्मतिका लागि पनि छलफल चलाइरहेका छन् । हालका अध्यक्ष कृष्णप्रसाद दुलाल सर्वसम्मत नै निर्वाचित भएका थिए । खासगरी चौधरी आफ्नै नेटवर्क भएका अटो व्यवसायी पनि हुन् । उनलाई चुनावमा सुजुकी ब्राण्डले सहयोग गर्ने अवस्था छ । हाल नाडामा रहेका धेरै पदाधिकारीले पनि चौधरीलाई साथ दिने देखिएको छ । नाडाका सचिव अनुप बराल, महासचिव सुनिल रिजाल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरीलगायतले चौधरीको प्यानलबाट उठ्ने घोषणा गरिसकेका छन् । सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठको समर्थन पनि चौधरीलाई छ । यामाहा, हिरो, आईएमई मोटर्सले पनि उनलाई सघाउने भएका छन् । यस्तै मोफसलबाट व्यवसाय गर्दै आएका अध्यक्षका अर्का दाबेदार ध्रुव थापालाई सानादेखि ठूला व्यवसायीको साथ र समर्थन छ । थापालाई हुन्डाईको आधिकारिक विक्रेता तथा लक्ष्मी ग्रूपका निर्देशक निराकार श्रेष्ठले समर्थन गरेका छन् । नाडाका उपाध्यक्ष आकाश गोल्छा पनि उनको प्यानलमा छन् । उनी नेपालका लागि फोर्ड मोटर्सका आधिकारिक विक्रेता समेत हुन् । यसैगरी नेपाल रिकन्डिसन एशोसिएशनका अध्यक्ष बीएन पाठक, सत्यदीप इन्टरनेसनलका दीपेन्द्र मिश्रा, पौडेल इन्टरप्राइजेजका राजन पौडेल पनि थापाको प्यानलमा समेटिएका छन् । थापालाई पोखराका अटो व्यवसायीको साथ र समर्थन छ । नाडाका ३ हजार ३ सय ६५ जना सदस्य छन् । २० जना केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार आठ संस्थागत एशोसिएशनका अध्यक्षले केन्द्रीय कार्यसमितिमा स्वतः प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्नेछ । करण चौधरीको प्यानलका उम्मेदवार अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, नीलमणि पाठक, वरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, सुनिल रिजाल, राजनबाबु श्रेष्ठ, अभिक ज्योति र मिलनबाबु मल्ल, वर्ण न्यौपाने र देवराज भण्डारी ध्रुव थापाको प्यानलका उम्मेदवार आकाश गोल्छा, दीपक अग्रवाल, अमरज्योति रञ्जित, बीएन पाठक, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, शुभाशिष थपलिया, यमुना श्रेष्ठ, नारायणप्रसाद पौडेल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, ऋद्धि कार्की, सगुन बीएस कंसाकार र सञ्जयकुमार खेतान ।

गण्डकीमा काँग्रेस अधिवेशन : सकियो मतदान, आजै मतगणना हुने

गण्डकी प्रदेशमा नेपाली काँग्रेस अधिवेशनको मतदान सकिएको छ । शनिबार बिहान सुरु भएको मतदान साँझ सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।गण्डकीमा काँग्रेसका एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट अर्जुन जोशीले नेतृत्व गरेका छन् भने इतरबाट शुक्रराज शर्मा सभापतिको उम्मेदवार छन् । युवापुस्तामा जोशी बलियो छन् भने पाका नेताहरुले शर्मालाई रोज्न सक्छन् । त्यसमाथि शर्मा सबैभन्दा धेरै मतदा

दाङमा कांग्रेसको नेतृत्वका लागि चारजनाबीच प्रतिस्पर्धा

सभापतिका लागि संस्थापन ईतरका वर्तमान सचिव शंकर डाँगी, संस्थापन पक्षीय निवर्तमान सचिव कमलकिशोर घिमिरे, गत प्रदेशसभा उम्मेदवार जानकीलाल बस्नेत र निवर्तमान क्षेत्रीय सभापति भुपबहादुर डाँगीबीच प्रतिस्पर्धा भएको हो।...