तत्कालको आवश्यकता खोप र आर्थिक पुनरुत्थान प्याकेज

सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा मंगलबार नयाँ सरकार गठन भएको छ । सरकारले पूर्णता नपाइसके पनि यसका केही प्राथमिकता मन्त्रिपरिषद्को पहिलो बैठकबाट सार्वजनिक भएका छन् । आफ्नो पदभार ग्रहणलगत्तै प्रधानमन्त्री देउवाले कोभिड–१९ विरुद्धको खोप सबैलाई निःशुल्क लगाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन् । यस्तै, मन्त्रिपरिषद्को पहिलो बैठकले पनि यो वर्षभित्र सबै […]