कैलाली गोली काण्डः सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीले बन्द गरे पसल

कैलाली । कैलालीको अत्तरियामा आज सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेका छन् । दिनदहाडै गोली प्रहार गरी व्यवसायीमाथि लुटपाट भएको भन्दै सुरक्षा र आक्रमणकारीलाई पक्राउको माग गर्दै पसल बन्द गरेका हुन् । व्यवसायीहरूमा त्रास बढेको र सुरक्षाको अनुभूति नभएको भन्दै व्यवसाय बन्द गर्नुपरेको सुनचाँदी व्यवसायी सङ्घ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले बताए । उनले व्यवसायीलाई आक्रमण गर्नेलाई […]