श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हलिया, कमैया र हरुवा–चरुवा जस्ता परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ रहेको बताएका छन् ।कृषि बँधुवा मजदुर अधिकार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले देशका विभिन्न भूगोलमा रहेका हलिया, कमैया र हरुवा–चरुवाको पुर्नस्थापनाका विषयमा देखिएका समस्या दीगो रुपमा समाधानका लागि पहल गर्ने बताए ।श्रेष्ठले पछाडी पारिएका […]