दोहा – फिफा विश्वकप कतार २०२२ का लागि ३२ राष्ट्र छनोट भइसकेका छन् । मंगलबार अल रेयान स्टेडियममा कोस्टारिकाले न्युजिल्याण्डलाई हराएपछि ३२ राष्ट्रको टुंगो लागेको हो। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले छनौट भएका सबै ३२ राष्ट्रलाई बधाई दिएका छन्। २१ नोभेम्बरमा चार खेलसहित विश्वकप सुरु हुनेछ। सेनेगल र नेदरल्याण्ड्सले उद्घाटन खेल खेल्ने अवसर पाएका छन् । […]