सप्तरी- एक सातायता तराईमा बढेको शितलहरबाट जोगिन यहाँका दलित र विपन्न परिवार पुवार (परालको माथिल्लो भाग)को भर पर्दै आएका छन् । डस्ना र सिरक किन्ने हैसियत नभएका परिवार जाडो छल्न पुवारको ओछ्यान बनाएर सुत्दै आएका छन् । विष्णुर गाउँपालिका–६ की ६० वर्षीया किसनी देवी सदाका अनुसार सिंगो बस्ती नै जाडोबाट जोगिन यस्तै गरिरहेको छ । […]