प्रधानन्यायाधीश जबराविरूद्धको आन्दोलन जारी राख्ने बारको निर्णय, थप कार्यक्रम ल्याउन इकाई अध्यक्षसँग छलफल

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा विरूद्धको आन्दोलनलाई निरन्तरता दिने भएको छ । बारले कात्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरिरहेको छ । बार एशोसिएसले प्रधानन्यायधीश जबराको राजीनमा माग्दै प्रदर्शन थालेको हो । जारी आन्दोलनको बारेमा छलफल गर्न बसेको नेपाल बार एशोसिएशनको बैठक सोमबार पनि जारी रहने र भोलीको बैठकपछि थप कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।  नेपाल बार एशोसिएसनको ९० वटा इकाईका अध्यक्षहरूसँग जुममार्फत भर्चुअल रूपमा छलफल गरिर...