बञ्चरेडाँडामा फोहर फाल्ने विषयमा संघर्ष समिति र मन्त्रालयबीच वार्ता हुने

काठमाडौं महानगरको फोहर व्यवस्थापनका विषयमा देखिएको विवाद समाधानका लागि भोलि वार्ता हुने भएको छ । काठमाडौंको फोहर बञ्चरेडाँडामा फालेपछि विवाद उग्र बनेको थियो । स्थानीयको सहमति बेगर बञ्चरेडाँडामा फोहर फालेको भन्दै आन्दोलन भइरहेको छ । मंगलबार र बुधबार फोहर बोकेर गएका सवारीमा स्थानीय अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो । विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोलनरत पक्षबीच भोलि वार्ता हुने भएको हो । भोलिको वार्तामा सरकार तर्फबाट सहरी विकास मन