रियल म्याड्रिडलाई उसकै मैदानमा स्तब्ध बनाएको मोल्डोभन क्लब टिरासपोल एकाएक चर्चामा

युरोपियन च्याम्पियन्स लिग फुटबलको समूहगत चरणमा बुधबार राति पेरिस सेन्ट जर्मन-पीएसजी र म्यानचेस्टर सिटीबीच भएको खेलले यतिबेला चर्चा लिइरहेको छ। पीएसजीले यो खेल २-० गोलले मात्र जितेन, लियोनल मेस्सीले फ्रेन्च क्लबका लागि पहिलो गोल गरे। यसअघि म्यान सिटी, पीएसजीमाथि लगातार हावी हुँदै आएको थियो। बुधबार नै भएको अर्को खेलमा प्रतियोगिताकै सर्वाधिक सफल टोली रियल म्याड्रिड […]

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : रियल म्याड्रिड शीर्षस्थानमा

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ५–२ गोलले हरायो । खेलमा दुई पटक पछि परेको रियलले सानदानर पूनरागमन जित निकालेको हो ।रियलको जितमा करिम बेन्जेमाले ह्याट्रिक गरे । भिनिसियस जुनियर र इडुआर्डाे कामाभिङगाले एक एक गोल थपेका थिए । सेल्टा भिगोका सान्टि मिना र फ्रान्को सेर्भीको गोल सान्त्वना गोलमा परिणत भयो ।खेलमा सुरुआती अग्रता सेल्टा भिगोले लिएको थियो । चौथो मिनेटमा सान्टि मिनाले लागो आसपासको पासमा गोलगर्दै पाहुना टोलीको उत्साह जगाए । त्यसपछि रियलले २४औं मिनेटमा बराबरी गोल फर्कायो । बेन्जेमाले फेडेरिको भलभर्डेको पासमा बराबरी गोल गरेका थिए । ३१औं मिनेटमा फ्रान्को सेर्भीले गोलगर्दै सेल्टा भिगोलाई पुनः अग्रता दिलाए । रियलविरुद्ध ४१ प्रतिशत बल पोसेसन राख्न सफल सेल्टा भिगोले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।यता ५९ प्रतिशत बल पोसेसन राखेको रियलले दोस्रो हाफको सुरुवातमै गोल फर्कायो । ४६औं मिनेटम बेन्जेमाले गोलगर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा भिनिसियसले बेन्जेमाको पासमा गोलगर्दै रियललाई अगाडी बढाए ।७२औं मिनेटमा इडुआर्डाेले अर्को गोल थपे । यसै सिजन रियलमा आवद्ध भएका इडुआर्डाे डेब्यु खेलमै गोल गर्न सफल भएका हुन् । ८७औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोलगर्दै रियललाई सानदार जित दिलाए । ह्याट्रिक पूरा गरेका बेन्जेमा ‘म्यान अफ दी म्याच’ भए ।जितसँगै रियलले शीर्षस्थान कब्जा गरेको छ । रियलले चार खेलबाट १० अंक बनाएको छ । पराजित सेल्टा भिगो एक अंक सहित १८औं स्थानमा छ । रियलसँगै समान १० अंक बनाएको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोल अन्तरमा आधारमा दोस्रो स्थानमा छ ।आइतबार रातिनै भएको खेलमा साविक विजेता एट्लेटिकोले स्पान्योललाई २–१ गोलले हराएको थियो । अर्को खेलमा भ्यालेन्सियाले ओसासुनालाई ४–१ गोलले पराजित गर्यो । रियल सोसिडाडले १० खलाडीमा सिमित काडिजलाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो ।