भारतसँग भ्याक्सिन किन्न मन्त्रिपरिषद्ले दियो सहमति, १ डोजको ४ डलर पर्ने

सरकारले भारतसँग कोरोनाभाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ खरिदका लागि स्वीकृति प्रदान गरेको छ । सरकारले प्रति भ्याक्सिन ४ डलरका डरले भ्याक्सिन खरिदका लागि स्वीकृति दिएको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  २० लाख डोज भ्याक्सिन खरिदका लागि स्वीकृति प्रदान गरेसँगै अब खरिद गर्ने बाटो खुलेको छ । यसका लागि सरकारले अग्रिम भुक्तानी दिने निर्णय  पनि नगरेको छ । यसअघिसिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयमा खरिद प्रक्रिया अघि बढ्न सक...

सम्बन्धित सामग्री

भारतले अमेरिकी चिप निर्माता कम्पनी माइक्रोनको परीक्षण कारखाना खोल्न दियो अनुमति

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा गएकै बेलामा भारतले अमेरिकी चिप निर्माता कम्पनी माइक्रोन टेक्नोलोजीको चिप परीक्षण कारखाना बनाउने योजनालाई मञ्जुरी दिएको छ । कम्पनीले गुजरातमा २ अर्ब ७० करोड डलर खर्चेर उक्त कारखाना बनाउँदैछ । मन्त्रिपरिषद्ले सो कारखानाका लागि १ अर्ब ३४ करोड डलर बराबरको उत्पादनमा आधारित प्रोत्साहन पनि पारित गरेको पनि स्रोतहरूलाई उद्धृत नगरिकन इकोनोमिक्स टाइम्सको अनलाइन संस्करणले समाचार छापेको छ । प्रोत्साहन प्याकेजको आकार ठूलो भएकाले यो योजनालाई मन्त्रिपरिषद्ले पारित गर्नु परेको स्रोतको भनाइ छ । सानन्द शहरमा खुल्ने यस कारखानामा चिपको परीक्षण र प्याकेजिङ मात्रै हुने बताइएको छ । यस मामिलाबारे माइक्रोन र भारत सरकार केही नबोलेको रोयटर्सले बताएको छ । मंगलवारदेखि मोदी अमेरिका भ्रमणमा छन् । यस भ्रमणका क्रममा उनले अमेरिकी कम्पनीका शीर्ष अधिकारीहरूसँग पनि भेटघाट गर्दैछन् । पछिल्लो समय अमेरिकाले भारतमा चिप बनाउन अमेरिकी कम्पनीहरूलाई प्रेरित गरिरहेकै समयमा माइक्रोनको लगानीको खबर आएको हो । थप लगानीबारे पनि छलफल जारी रहेको बताइएको छ । चीनमा व्यवसाय गर्दा हुने जोखिमहरू कम गर्ने ध्याउन्नमा अहिले अमेरिकी राष्ट्रपति जो बाइडेन छन् । चीपको सुरक्षा समीक्षामा माइक्रोन असफल भएको भन्दै चीनले मेमा घरेलु स्तरका महत्त्वपूर्ण पूर्वाधारमा माइक्रोनको सामान प्रयोग गर्न रोक लगाएको थियो । यो घटनापछि बाइडेन प्रशासन चीनसँग झनै चिढिएको थियो । एजेन्सी