काठमाडौं : यौन हिंसा केसमा विवादमा तानिएकी पूर्व मिस नेपाल माल्विका सुब्बाले आफ्नो गल्ती स्वीकार्दै माफी मागेकी छन्। पीडित युवतीको भिडियो भाइरल भएपछि विवादमा तानिएकी सुब्बाले बिहीबार आफ्नो सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै माफी मागेकी हुन्। पीडित युवतीले पाएको दुःखको कारण आफू पनि भएको स्वीकार गर्दै उनले लेखेकी छन्, 'म सबैकुरा क्लियर्ली सम्झिन्न। तर, यति सम्झिन्छु कि तिमी मसँग एब्युजरको बारेमा कुरा गर्न खोज्दै थियौँ र म यो पनि सम्झिन्छु कि तिमीलाई चाहिएको बेलामा मैले कुनै सहयोग गर