बिहानैदेखि अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । स्थानीय ३९ वर्षीय विजय मुक्तानको मृत्युका विषयलाई लिएर आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । मङ्गलबार कमलामाई नगरपालिका–२ निवासी विजयलाई निबुवाटारमा प्रदेश ३–०१–०३६ प १४१९ नम्बरको बोलेरोले ठक्कर दिएको थियो । घाइते भएका विजयलाई सिन्धुली अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।प्रहरीले मृतकका आफन्तलाई छलफलमा आउन आग्रह गरेकामा छलफलमा नआ