उपभोग्य वस्तुकाे मूल्य आकाशिँदा उपभोक्ता मर्कामा

धनगढी । सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने चामल, खाने तेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल, दुग्धजन्य वस्तु लगायतको मूल्य एकाएक बढ्दा यपभोक्ता मारमा परेका छन् । कोरोनाको प्रभावले सर्वसाधारणको आम्दानी खुम्चिए पनि महंगी भने निरन्तर उकालो लाग्ने क्रम नरोकिँदा दैनिक गुजारा चलाउन मुस्किल हुन थालेको स्थानीय भनाई छ […] The post उपभोग्य वस्तुकाे मूल्य आकाशिँदा उपभोक्ता मर्कामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

'खाना पकाउने ग्यासको मूल्य तीन हजार रुपैयाँ पुगेको छ भने खाने तेल प्रतिपोका १६० रुपैयाँ पुर्‍याइएको छ', उनले भने, 'बजारमा उपभोग्य वस्तु छोइसक्नु अवस्थाका छैनन्। पहिले ५० रुपैयाँ पर्ने माला अहिले २०० रुपैयाँ पर्छ।' मूल्य तेब्बरले बढेको उनले बताए।...

निषेधाज्ञामा उपभोग्य वस्तुको मूल्य वृद्धि

रोल्पा (अस) । निषेधाज्ञाको मौका पारेर रोल्पाका व्यापारीहरूले दैनिक उपभोग्य वस्तुमा मनोमानी मूल्य वृद्धि गरेको पाइएको छ । निषेधाज्ञा हुनुभन्दा पहिले प्रतिकेजी १२० रुपैयाँ पर्ने सोयाबिन अहिले २००, प्रतिकेजी ९० पर्ने केराउ अहिले १२० र १०० रुपैयाँ पर्ने आधा लिटर तोरीको तेल (प्याकेट) व्यापारीहरूले १२० रुपैयाँमा विक्री गर्दै आएका छन् । यस्तै दाल, चामल लगायत सबैजसो दैनिक उपभोग्य वस्तुमा २० देखि ५० प्रतिशतभन्दा बढीसम्म मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताहरूको छ । बिहीवार मात्रै रोल्पा नगरपालिका–२ लिबाङस्थित पवित्रा स्टोरमा दैनिक उपभोग्य वस्तु खरिदका लागि गएका एक उपभोक्ताले एक्कासि सबै सामानको मूल्य वृद्धि भएको पाइएको बताए । ‘पटक पटक पसल जाँदा संक्रमणको डर हुने भएकाले सबै सामान एकैपटक खरिद गर्न खोज्दा मूल्य वृद्धि भएको पाएँ,’ ती उपभोक्ताले भने, ‘यसरी मूल्य वृद्धि हुने हो भने त हामी जस्ता मजदूरलाई बाँच्न गाह्रो छ ।’ निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले बजार अनुगमन नगर्ने र बजारमा मूल्य सूची पनि कतै नराखिएकाले व्यापारीहरूले मनोमानी मूल्य वृद्धि गरेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दैनिक जोहो गरेर जीविका उपभोक्ता बढी मर्कामा पर्दै आएका छन् ।