काठमाडौंः सार्वजनिक लेखाको परीक्षण समेत गरेर सरकारलाई आवश्यक निर्देशन दिने क्षेत्राधिकार पाएको सार्वजनिक लेखा समितिको नेतृत्व करिब एक वर्षदेखि सत्तारुढ दलले नै गरिरहेको छ। संसदीय मान्यता अनुसार प्रतिपक्ष दलले नेतृत्व पाउनुपर्ने भए पनि कांग्रेस सांसद भरतकुमार शाहले नेतृत्व छाडेका छैनन्।
आफैँले सुरु गरेको गलत परम्पराको एक वर्षदेखि कांग्रेसले निरन्तरता दिइरहेको छ।…