काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत र सशक्त बनाई विविधताबीचको सौहार्द एकतालाई मूर्त रूप प्रदान गर्ने बताएका छन् । नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा शुभकामना सन्देश दिर्दै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् […]
मेष : समय अनुकूल छ । द्रव्य लाभ, परिवार–सुख, उत्तम भोजनको अवसर मिल्नेछ । वृष : तपाईंका लागि दिन शुभ छ । कार्य सिद्धि, स्वस्थता, सुखानुभूति हुने देखिन्छ । मिथुन : समय अनुकूल भएकाले राज्य सुख, यश–कीर्ति, मांगलिक यात्राको सम्भावना छ । कर्कट : सजग रहनुहोला । रोगको सम्भावना, धन हानि, बाधा–व्यवधान आउन सक्छ । […]
काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले […]