निलम्बित डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु

­सुन काण्डमा मुछिएका निलम्बित प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु भएको छ । व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा निलम्बनमा परेका केसीमाथि छानबिन गर्न गठित समिति बुधबारदेखि बुटवल आएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले बताएको छ ।