वियोगान्त बन्यो नेकपा ‘एकता यात्रा’: ३३ महिनामै एमाले-माओवादी आ-आफ्नै बाटोमा

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को यात्रा अधुरै यात्राका रुपमा टुंगिएको छ । पार्टी एकता घोषणा भएको ३३ महिना बित्दा पनि एकताले पूर्णता नपाउँदै एकता यात्रा वियोगान्तमा परिणत हुँदै पूर्णविराम लागेको हो । सर्वोच्च अदालतको एक फैसलाले नेकपाको यात्रा बीच बाटोबाटै विधिवत रुपमा टुंगिन पुगेको हो । मुलुकका २ ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदै २०७५ साल जेठ ३ गते राष्ट्रिय सभागृहमा एकता घोषणा ग