नेप्सेमा ७७ अङ्कको पहिरो, २ प्रतिशतमाथि कुनै कम्पनी जान सकेन

सेयर बजार परिसूचक नेप्सेमा आज ७७ अङ्कको गिरावट आएको छ । कारोबार खुलेको केही घण्टामा नै ५० अङ्कमाथिले घटेको बजारमा अन्तिम समयसम्म अधिकतम ७७.०१ अङ्कले घट्दै १९१५.६१ अङ्कमा झरेको हो ।यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १३.०३ अङ्कले घट्दै ३६६.८६ अङ्कमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक ५.७८ प्रतिशतले घटेको छ भने, फाइनान्स समूहको उपसूचक ५.७३ प्रतिशतले र हाइड्रोपावर समूह ५.१९ प्रतिशतले घट्न पुगेको छ । यस्तै, जीवन बीमा समूह